भक्तपुरमा अपराधिक क्रियाकलापमा वृद्धिः प्रहरीद्धारा ११ जना आरोपी सार्वजनिक

251

-हेमराज ढकाल
साउन ११,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले विभिन्न तीन घटनामा संग्लन भएको आरोपमा ११ जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । काठ चोरी गरी लादै गर्दा गाडि सहित पाँचजना, लागूऔषध बिक्रिवितरण पाँच जना र धनमाल चोरी गरेको आरोपमा एक जनालाई प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको हो । साउन ९ गते बुधबार राती १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका वडा नं ४ दधिकोट एकताचोकमा रहेको खाँडादेवी फर्निचर उद्योगबाट चोरी गरि लोड गर्दै गरेको समय पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

फर्निचर उद्योगको कम्पाउण्डमा राखेको करिब २५ क्यूफिट सालको काठ चोरी गरि बा.१ ख.८६१० नं.को मिनीट्रकमा लोड गरी लैजादै काठसहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवती रवण पोखरलेले बताए ।
प्रहरीले उक्त घटनामा संग्लन भएको आरोपमा काभ्रे फुलबारी घर भइ ललितपुर ग्वार्को बस्ने बा.१ ख ८६१० नं. को गाडी चालक बर्ष २२ को बिकाश तामाङ, दोलखा गौरीशंकर ६ घर भई हाल भक्तपुर बस्ने बर्ष २३ को भिम तामाङ रहेका छन् ।
त्यसैगरि सिन्धुली घ्याङ्लेक ७ घर भई हाल भक्तपुर बस्ने बर्ष २० राजकुमार थोकर, सोही स्थानका १७ वर्षका टल्के थोकर र रामेछाप सुनपाती २ घर भई हाल ललितपुर ज्यासल बस्ने बर्ष ३२ को दिपक खपाङ्गी रहेको प्रहरीले जानकारी दिएको छ ।
गत जेठ १६ मध्यपुर नगरपालिका ६ गाँखु स्थित नबिन कुमार बुढाथोकीको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

उक्त घटनामा संग्लन भएको आरोपमा प्रहरीले दोलखा वैदेश्वर गाँउपालिका वडा नम्बर ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका १ दुवाकोट वस्ने वर्ष ४० को पशुपति रिमाललाई पक्राउ गरेको हो । रिमालको साथबाट प्रहरीले सुनको सिक्री २ तोला ५१ लालको थान २, सुनको मंगल सुत्र २ तोला २५ लालको थान १, सुनको हातमा लगाउने बाला १ तोला १६ लालको थान १, सुनको बेरुवा औठि १ तोलाको थान १, चाँदीको टिकादानी १८ तोला ४५ लालको थान १, बिभिन्न कम्पनिका मोबाईलहरु थान ५ बरामद गरेको जानकारी दिएको छ ।

त्यसैगरि प्रहरी परिसर भक्तपुरले लागू औषधको कारोबारमा संग्लन रहेको आरोप पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुर नगरपालिका वडा नम्बर ५ अनरिनको सभा भवन नजिकै लागूऔषध विक्रि वितरण हुन्छ भन्ने सूचनाको आधारमा छापा मार्दा पाँचजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर ५का चन्द्रबहादुर देउला, सोही स्थानका श्याम किलम्बु, सूर्यविनकाय नगरपालिका वडा नम्बर ६ का दिपेश सुकुभटु रहेको प्रवक्ता प्रनाउ पोखरेलले बताए ।
सोही घटनामा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक बलेफि गाँउपालिका ३ का कृष्ण बहादुर मगर, काभ्रे पनौती नगरपालिका १का प्रेम तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला अदालतबाट अनुसन्धानको लागि म्यादथप गरि घटनाबारे थपअनुसन्धान भइरहेको परिसर भक्तपुरका प्रवक्ता प्रनाउ पोखरेलले बताए ।