राष्ट्रपतिसंगको ‘सम्बन्ध’ले घरबार बिग्रीयो

148

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग ‘यौनसम्बन्ध’ रहेको खुलासा गर्ने वयस्क चलचित्रकी अभिनेत्री स्टार्मी डेनियलकी पति ग्लेडन क्रैनले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन् । क्रैनले पत्नीले अरुसँग ‘विवाहेत्तर सम्बन्ध’ राखेको आरोप लगाएका छन् । क्रेनले बितेको साता पत्नीसँग पारपाचुके गर्न अदालतमा निवेदन दिएका छन् ।

कानुनी सल्लाहकार माइकल एबेनटीले उनका पक्ष स्टार्मी डेनियल र पति ग्लेनले पारपाचुके गर्ने फैसला गरेको ट्विटमार्फत खुलाएका छन् । डेनियल ९वास्तविक नाम स्टेफनी क्लिफोर्ड वर्ष ३९ ले सन् २०१० मा ४१ वर्षीय ग्लेनडन क्रैनसँग विवाह गरेका थिए । ग्लेन मेटल म्युजिसियन र वयस्क चलचित्र अभिनेता हुन् । डेनियलको यो तेश्रो विवाह थियो । उनले सन् २०११ मा एक छोरी जन्माएकी थिइन् ।

कानुनी सल्लाहकार व्यवसायी एबेनटीले भने, ‘स्टार्मीकी छोरी उनको पहिलो रोजाइ हुने छ ।’ अश्लिल चलचित्रकी नायिका स्टार्मी डेनियल्सले एक अन्तरवार्तामा ‘गर्भ निरोधक साधन’ प्रयोग नगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सहबास गरेको खुलासा गरेकी थिइन् । अमेरिकी सञ्चारमाध्यमहरुले डेनियलको अन्तरवार्तालाई ‘सनसनीपूर्ण’ बनाएका थिए ।
अन्तरवार्तामा डेनियलले भनेकी छन्, ‘शारिरीक रुपमा चैँ ट्रम्पसँग खास आकर्षित थिइनँ ।’

द वाल स्ट्रिट जर्नलको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनको दौरानमा डोनल्ड ट्रम्पले कानुनी सल्लाहकारमार्फत अश्लिल चलचित्रकी पूर्व नायिकालाई ८२ लाख रकम दिएका थिए । यो रकम यौनसम्बन्धका विषयमा मौन रहनका लागि थियो । भनिन्छ पूर्व पोर्नस्टार स्टेफनी क्लिफोर्डसँग ट्रम्पको सन् २००६ मा यौनसम्बन्ध कायम भएको थियो । ट्रम्पले सन् २००५ मा मेलानियासँग विवाह गरेका थिए । तर ह्वाइट हाउसले ट्रम्प र डेनियलबीचको सम्बन्ध अस्वीकार गर्दै आएको छ ।-janatasamachar