काभ्रेमा टिपर आंतकः जीतबहादुरको मृत्युपछि बनेपा र भकुण्डेमा आगो बल्यो (तस्विर सहित )

223

साउन ७,
काभ्रे । सोमबार दिउसोँ बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको विरोधमा स्थानीयले सडक बन्द गरेका छन् । उनीहरुले भकुण्डेको पुल नजिकै टायरबालेर बिरोध गरिरहेका छन् । सोमबार बनेपाको चारदोबाटोमा बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक नमोवुद्ध नगरपालिका ४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङको मृत्यु भएको हो ।

स्थानीय वासिन्दाले वीपी राजमार्गको भकुण्डे खण्ड बन्द गराउदाँ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल समेत अलपत्र परे । सिन्धुलीमा कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनी मंगलटारमा रोकिएका थिए । सडकबन्द भएपछि उनलाई इलाका प्रहरी कार्यालय मंगलटारमा बस्ने व्यवस्था प्रहरीले मिलाएको थियो । बनेपाका स्थानीयले सो टिपरमा समेत आगो लगाएका छन् ।  तस्विरः जीवन पराजुली र नवराज बजगाईबाट