Monday, September 21, 2026
Home स्वास्थ्य औलोविरुद्धको नयाँ औषधी स्वीकृत

औलोविरुद्धको नयाँ औषधी स्वीकृत

120

साउन ७,
अमेरिकी औषधी नियामक अधिकारीहरुले औलोविरुद्धको नयाँ औषधी स्वीकृत गरेका छन्। टाफेनोक्विन नामक सो औषधीले एकै डोजमा भाइभ्याक्स् नामक औलो रोग निर्मुल पार्न सक्ने नियामक अधिकारीले दाबी गरेका छन्। मलेरिया अर्थात औलो रोगविरुद्ध नयाँ औषधी स्वीकृत भएको, यो ६० वर्षपछिकै पहिलो हो। भाइभ्याक्स् औलोले विश्वमा वर्षेनी ८५ लाख मानिसहरु प्रभावित हुने गरेका छन्। भाइभ्याक्स औलोका बिरामीले औषधी सेवन गरेपनि उनीहरूको कलेजोबाट परजीवीहरू पूर्ण रुपमा नहट्ने र रोग बल्झिरहने समस्या देखिने गरेको छ। तर अब यो औषधीले कलेजोबाटै निर्मुल पार्ने दाबी अमेरिकी अधिकारीहरुले गरेका छन्। यस्तो प्रकारको मलेरियाको संक्रमण दक्षिण अमेरिका र दक्षिण तथा पूर्वी एसियामा अध्याधिक रहेको अमेरिकी अधिकारीको दाबी छ।