कसरी लगाउने आकर्षक मेहदी ?

221

-नमिता शर्मा, ब्युटिसियन
साउनको महिनामा महिलाले मेहदी र हरियो चुरा, पोते तथा सारी लगाउने प्रचलन बढ्दो छ । पछिल्लो समय यस्तो पहिरन फेसन नै बनिसकेको छ । कतिपयले आफ्नो हुनेवाला वा भइरहेको पतिको आयु लामो हुन्छ भन्ने विश्वाससमेत गर्छन् । तर, मेहदीलाई आकर्षक देखाउनका लागि सजग रहन पनि आवश्यक हुन्छ । मेहदीले कसरी सजाउने त हात रु यसबारे केही टिप्स

यसरी हुन्छ गाढा

मेहदी लगाउनुअघि तेल लगाउनुपर्छ । यसरी लगाउने तेल बजारमै उपलब्ध हुन्छ । त्यही तेलको प्रयोग गर्दा राम्रो हुन्छ ।
० यस्तो खालको तेललाई मेहदी लगाउने भागमा लगाउनुपर्छ । तेल लगाएपछि केहीछिन उक्त ठाउँमा मालिस पनि गर्न सकिन्छ । तेल सुकेपछि मात्र मेहदी लगाउन सुरु गर्नुपर्छ ।
० लगाइसकेको मेहदी सुक्न थाल्ने वेला चिनी र कागतीको रसको मिश्रणलाई कपडाको सहायताले लगाउन सकिन्छ ।
० र, सुकेपछि बिस्तारै उप्काएर फाल्नुपर्छ । त्यसपछि हातमा तोरीको तेल लगाएर हल्का मसाज गर्दा गाढा गरी बस्न सहयोग पुग्छ । यस्तो गतिविधिले छोटो समयमा रङ उडेर जाने सम्भावना पनि कम हुन्छ ।
० औँलामा पनि मेहदी लगाउन सकिन्छ । तर, औँलामा भने थोरै तर ब्यालेन्स मिलाएर लगाउनुपर्छ । मेहदीसँगै सुहाउने रङको नेलपोलिस लगाउँदा अझ राम्रो देखिन्छ । हरियो नेलपोलिसमा पहेँलो बुट्टा भर्दा आकर्षक देखिन्छ ।
० मेहदी छनोटमा पनि विशेष ध्यान पुयाउनुपर्छ । बजारमा म्याद गुज्रेका मेहदी पनि बिक्री गरिरहेको पाइन्छ । यसबाट सतिसक्दो जोगिनुपर्छ । कतिपय केमिकलयुक्त मेहदी पनि हुन्छन् । यस्तो मेहदीको छनोट गर्नुहुँदैन । जसले विभिन्न हानि पु(याउन सक्छ ।

० हातमा मेहदी लगाएपछि त्यसलाई पूरै सुक्न दिनुपर्छ । त्यसपछि मात्र बिस्तारै झार्नुपर्छ । अनि तेल लगाउन सकिन्छ । तेल लगाएपछि मेहदी गाढा बस्छ । मेहदी लगाएको दिन सकभर पानीमा खेल्नुहुँदैन । यसरी मेहदी लगाएपछि कम्तीमा एक हप्ता ढुक्क हुन्छ ।
० मेहदीमा अरेबियन, राजस्थानी, इन्डियन, ब्राइडल डिजाइन बढी प्रचलनमा छ । राजस्थानी र इन्डियन डिजाइन पनि धेरैले मन पराउँछन् । मेहदीमा थुँगा फूल, केरी र लहराजस्ता डिजाइन धेरैको हातमा देखिन्छ । त्यस्तै हाँस, मयूर, माछाजस्ता आकारको मेहदी पनि लगाउने गरेको पाइन्छ ।

कसरी लगाउने ?

० यो महिनामा महिलाले मेहदी लगाउन चाहने भए पनि त्यसको शृंगारमा भने त्यति ध्यान पु(याएको देखिँदैन । मेहदी लगाउँदा कहिल्यै पनि हातैभरि छोपिने गरी लगाउनु हुँदैन । यसरी लगाउँदा भद्दा मात्र देखिन्छ । हातको एक साइडमा मात्र मेहदी लगाउँदा राम्रो हुन्छ । यसरी लगाउँदा सफा र सुन्दर देखिन्छ ।

जसले नलगाउनुस्

० मेहदीको त्यति धेरै साइड इफेक्ट हुँदैन । तर, कसैलाई छालासम्बन्धी एलर्जी हुन भने सक्छ । यस्ता मानिसले मेहदीको प्रयोग नगर्दा राम्रो हुन्छ ।
० हातमा कुनै घाउ–चोट छ भने पनि सजग हुनुपर्छ । यस्तो अवस्थामा मेहदी नलगाउँदै बेस हुन्छ । किनकि, लगाएको मेहदीले संक्रमण हुने प्रबल सम्भावना हुन्छ । –नयाँ पत्रिकाबाट साभार