अत्यधिक गर्मीका कारणले जापानमा ३० जनाको मृत्यु

91

साउन ६,
बीबीसी । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ । यो सातामा सुरुमा नै जापानमा तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थियो । जापान टाइम्स रिपोर्टका अनुसार दश हज्जारभन्दा बढी गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन अस्पताल पुगेका थिए ।