असार ३०,
काठमाडौं । असार ९ गते विहानदेखि पोखराबाट हराएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँ स्थित सेती नदी किनार भीमादमा फेला परेको छ। पौडेलको शव शनिबार विहान भिमाद ६ सेती नदी किनारमा फेला परेको प्रहरीले बताएको छ। फुलेको तथा गलेको अवस्थामा शव फेटिएको थियो। आफन्तले शवको पहिचान गरिसकेको प्रहरीले जनाएको छ। पौडेलले असार ९ मा सेती नदीमा हाम फालेको निष्कर्श निकालेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।