असार २८,
भक्तपुर । विहिबार रातीबाट भक्तपुरमा परेको अविरल वर्षाको कारणले धेरै क्षेत्रमा डुबान भएको छ । वर्षातको कारण हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुर डुवानमा परेपछि जनप्रतिनिधिहरु डुवान प्रभावीत क्षेत्रमा पुगेका छन् ।
डुबान क्षेत्रमा पुगेका सूर्यविनायक नगर प्रमुख बासुदेब थापाले नगरपालिका क्षेत्र डुवानमा परेपछि खानपानी प्रदुषित पाइएकाले डुवान पीडितलाई सबैलाई खानेपानीको ब्यवस्था नगरपालिकाले गर्ने बताएका छन् ।
नगरप्रमुख थापाले १५ दिनका लागि खानेपानीको ब्यवस्थापन नगरपालिका आफैले गर्ने उनको भनाई छ । साथै उनले अन्य सहयोग समेत गर्ने नगरबासी समक्ष प्रतिवद्धता व्यक्त गरेका छन् । निरीक्षण गर्दै भक्तपुर निर्वाचन क्षेत्र न २ संघीय संसदका सांसद महेश सो क्षेत्रमा आवश्यक कुराको तत्काल व्यवस्था गर्नु सम्बन्धीत निकायसंग आग्रह गरेका छन् । तस्विरः सुमित्रा थापा