डुब्यो भक्तपुरः पहिरोमा तीनजनाको मत्यु

263

असार २८,
भक्तपुर । बुधबार रातीदेखि निरन्तर परेको वर्षाका कारण भक्तपुरका धेरै स्थान डुबानमा परेका छन् । जिल्लाको मध्य भाग भएर बग्ने हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको च्यामासिह, जगाती, हनुमानघाट, भेलुखेल, सल्लाघारी क्षेत्र डुबानमा परेको छ । सिद्धस्मृति महिला तथा बाल अस्पताल, डाक्टर इवामुरा अस्पताल भित्र पनि बाढी पसेको छ ।

इवामुरा अस्पतालको एक्सरे कक्ष, फिजियो थेरापीकक्ष, टिएमटी मेशिन राखेको कक्ष डुबेको अस्पताल व्यवस्थापक रन्जित मारिखुले बताए ।
यता मध्यपुरथिमि नगरपालिकाको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्तीमा रहेका घरहरुको तत्लो तला सबै डुबेका छन् ।
सूर्यविनायक नरपालिकामा चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेगमा डुबान भएको छ ।
उद्धारको लागि नेपाली सेना, शस्शस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दालगायकाहरु उद्धारमा जुटेका छन् । राधेराधेमा डुबानक्षेत्र फसेका केहीलाई नेपालीसेनाले क्रिनको सहायतामा उद्धार गरिरहेको छ । महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ । जसमा हिरा लामा ७० वर्ष, पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो ।