समाजसेवी शर्माद्वारा परिवारकौ स्वास्थ्य बिमा

110

असार २०,
रुकुम । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रूपमा कमजोर अवस्था भएका ६ घरपरिवारलाई समाजसेवी तुलसा शर्माले स्वास्थ्य बिमा गरिदिएकी छिन्। स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानवविकास तथा समुदायक सेवा चौरजहारी अस्पतालअन्तर्गत आशा बाल विकास सेवा सयोजकसमेत रहेकी शर्माले आफ्नै व्यक्तिगत रकमबाट स्वास्थ्य बिमा गर्न लाग्ने रकम दिएर स्वास्थ्य बिमा गरिदिएकी हुन्। आर्थिक अवस्था कमजोर, दलित र अपांगता भएका ब्याक्तिहरुले पैसा अभावकै कारण स्वास्थ्य सेवा बाट बञ्चित हुनु नपरोस भनेर आफ्नै ब्यत्तिगत रकमबाट बिमा गरिदिएको उनले बताईन। बिमा बनाउनेहरुमा चौरजहारी नगरपालिकाकी मधु बिष्ट, केशब बादि, प्रेम शर्मा, पुन जैसी, बुदे बिष्ट र रमिता बि क रहेका छन्। जसमा तीन घर परिवार पाँच पाँचजना र दुई घरपरिवार सात सात जना रहेका छन्।