मुलुक समृद्ध बनाउने अभियानमा साथ दिन मन्त्री बस्नेतको आह्वान

136

असार १९,
काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन्। मन्त्री बस्नेतले सरकारको एक्लो प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन सम्भव नरहेको उल्लेख गर्दै त्यसमा साथ लिन सबैलाई आह्वान गरे। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि व्यापक बहस जरुरी रहेको पनि बताए। मन्त्री बस्नेतले मुलुकमा रहेको स्रोत र साधनको सदुपयोग गरेर जनताको जीवनमा सुधार ल्याउन सरकार लागि परेको दावी समेत गरे। मन्त्री बस्नेतले नेपालको विकास र उन्नतिमा साथ दिन गैर सरकारी संस्थाहरुको पनि गम्भिर ध्यानाकर्षण गराए। देशको विकासमा हरेक नागरिकले सकेको योगदान दिनुपर्ने मन्त्री बस्नेतको भनाई छ ।