असार १८,
काठमाडौ । चट्याङबाट मृत्यु हुनेको संख्यासमेत पछिल्लो समयमा बढेर गएको छ । यस वर्षको हालसम्ममात्रै ११९ पटक चट्याङ परेका कारण ३६ जनाले ज्यान गुमाएका छन् । यस्तै १४६ जना घाइते भएका छन् भने १७७ परिवार प्रभावित भएका छन् । कूल ८५ घरपालुवा जनावरको मृत्यु हुँदा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ । विसं २०६८ देखि गत चैतसम्म चट्याङका कारण ७७३ जनाको ज्यान गएको छ । यस्तै सो अवधिमा एक हजार ६९५ जना घाइते भएका छन् ।