मुलुकलाई समृद्धिको मार्गमा लानु प्रहिलो प्राथमिकता

84

असार १४,
झापा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताउनुभयो ।

“विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन,” उहाँले भन्नुभयो – “प्रतिपक्षलाई पनि साथमा लिएर हामी सिङ्गै नेपालको विकासका लागि अघि बढ्छौं । विचारमा सत्तापक्ष र प्रतिपक्ष हुनसक्छ भन्ने हाम्रो मान्यता हो तर, विकासमा होइन ।” आफ्नै बजेट, आफ्नै नीति र आफ्नै घोषणाबाट सरकारले समृद्धि र विकासलाई मूर्तरुप दिन खोजेको र अब सरकारको कामको वास्तविक परीक्षण शुरु भएको उहाँको भनाइ थियो । मन्त्री बाँस्कोटाले भन्नुभयो – “यस अघि हामीसँग बजेट अर्कैको थियो । नीति अर्कैको थियो । कार्यक्रम अर्कैको थियो । त्यो खाली समन्वयात्मक थियो, अब त्यस्तो हुँदैन । हामीले तीन महिनाको अवधिमा सरकारले गरेको कामको समीक्षा गरिसकेका छौं ।”