चाँगुनारायणमा विपद ब्यवस्थापनकोलागि साझेदारी बहस

121

असार १३,
भक्तपुर । नेपाल सरकारले धेरै लामो समयदेखि देशको विकास निर्माणमा निजि क्षेत्रको साझेदारीकाबारेमा बहस चलाइरहेको थियो चाँगुनारायण नगरपालिकाले भने पहिलो पटक विपदब्यबस्थापनमा समेत निजि क्षेत्रसंग कसरी साझेदारी गर्न सकिन्छ भनेर बहस प्रारम्भ गरेको छ

नगरप्रमुख सोम मिश्रले नगरपालिका एक्लैले विपद ब्यबस्थापनमा काम गर्न नसक्ने भएकाले निजि क्षेत्रको साझेदारी आवश्यक रहेको बताउनु भयो नगरपालिका निजि क्षेत्रसंग हातेमालो गरेर नगरलाई विपदजोखिममुक्त क्षेत्र बनाउने बताए ।
चाँगुनारायण नगरप्र मिश्र, उपप्रमुख बिना बास्तोला, भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रजापति , भक्तपुर निर्माण ब्यबसायी संघका अध्यक्ष निरन्जन बजागाई नगरकोट नाल्दुम पर्यटन बिकास समितिका पुर्वसचिव क्यारोन धोजु बिपदका जानकार कृष्णा कार्कीले सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसैगरि कार्यक्रममा गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं , नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी, जनप्रतिनिधिलगायत उपस्तिथी रहेको थियो ।