भारतमा पाँच युवतीमाथि सामूहिक बलात्कार

77

असार ९,
एजेन्सी । झारखण्डको आदिवासी बदुल खुँटी जिल्लामा पाँच युवतीमाथि कथित सामूहिक बलात्कारको आरोपमा एक मिशनरी स्कूलकका फादर समेत ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । खुँटी प्रहरीका प्रमुख अश्विनी सिन्हाले भने, ‘खुँटी जिल्लामा एक गैरसरकारी संस्थामा काम गर्ने पाँच युवतीमाथि सामूहिक बलात्कारको आरोपमा कोचाङस्थिति मिशनरी स्कूलका फादरसमेत सातजनामाथि मुद्दा दर्ता गरिएको छ ।’ उनका अनुसार प्रहरीले फरार एक आरोपीको तस्विर जारी गरेको छ । उनीबारे सूचना दिनेलाई ५० हजार पुरस्कार दिने घोषणा गरिएको छ ।

कोचाङ गाउँ झारखण्डको राजधानी राँचीबाट करीब ८० किलोमिटर टाढा रहेको छ । राँचीका डिआइजी ऐ बी होमकरका अनुसार १९ जुनका दिन एक गैरसरकारी संस्था ‘आशा किरण’ को एक टोली कोचाङ गाउँमा पुगेको थियो । ११ जनाको यो टोलीले मानव तस्करीविरुद्धको अभियान अन्तरगत सडक नाटक गर्न उक्त गाउँ पुगेको थियो । गाउँको बजारमा सडक नाटक गरे पछि उनीहरु एक स्थानीय मिशनरी स्कूलमा पुगे र प्रहरीका अनुसार उनीहरु स्कूल पुग्ने बित्तिकै मोटरसाइकलमा सवार केही स्कूल पुगे र हतियार देखाएर पाँच युवतीलाई अपहरण गरे । टिममा रहेका तीन जना पुरुषमाथि पनि उनीहरुले मारपीट गरेका थिए ।

त्यसपछि अभियुक्तहरुले उनीहरुलाई नजिकैको जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए । होमकरका अनुसार यो घटना २० जुनमा बाहिर आएको थियो । खबर पाउने बित्तिकै खुँटी जिल्लाको प्रहरी यसबारे जानकारी जुटाउन लागि परेको थियो ।
२१ जुनमा एक पीडितसँग लामो सोधपुछ गरियो । जसबाट थप विषयको जानकारी प्रहरीलाई भयो ।

यस घटनामा प्रहरीका अनुसार
– कोचाङ गाउँको उक्त मिशन स्कूलका फादर र आशा किरण संस्थाका पदाधिकारीहरुले प्रहरी वा प्रशासनलाई घटनाबारे कुनै पनि जानकारी दिएनन् ।
– प्रहरीले संस्थासँग जोडिएका दुई सिस्टरसँग किन मौनता साँधेको भनेर सोधपुछ गरिरहेको छ । स्कूलका शिक्षकहरुसँग पनि सोधपुछ भइरहेको छ ।