मादक पदार्थ सेवनपछि कुटपिट, एक जनाको मृत्यु

559

असार ४, २०७५
काठमाडौं । मुगुको मुगुम कार्मारोङ गाउँपालिका- १ मा पर्ने चिताई कुनामा शनिबार राती आपसी विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका मुगुम कार्मारोङ गाउँपालिका-४ खारी घर भई चन्दननाथ नगरपालिका-४ जुम्ला बस्दै आएका ३५ वर्षीया कार्मा तामाङको मृत्यु हो। घाइते तामाङको आइतबार दिउसो ११ बजे उद्दार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। गमगढीदेखि मुगुतर्फ जाँदै गरेका चारजना युवा र तामाङबीच मदिरा सेवन गरी विवाद हुँदा कुटाकुट भएको थियो। कुटपिटमा संग्लन एक जनालाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको छ। अन्य तीनजनाको खोजी जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।