खानेपानीको समस्या समस्या समाधान गर्न छालिङ्गमा डिप बोरिङ

232

असार २,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङ्गमा खानेपानीको समस्या समाधन गर्ने उद्देश्यले डिप बोरिङ्ग कार्य गरिएको छ । सिमचौर भिमसेन डाडा स्थानबाट पानी निकालिएको हो । जसबाट साबिक छालिङ ३, ४, ५ र ६ वडाका करिब ४ सय ५० घरधुरी लाभावन्वित हुने छन् । नगरपालिकाले खानेपानी समस्या समाधानको लागि २० लाख रुपैयाँ विनियोजन गरेको उक्त रकमको पहिलो किस्ता प्रदान गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । जुन नगरस्तर ियोजनाको रुपमा रहेको छ । स्थानीयहरुमा डिप बोरिङ्गपछि खानेपानीको समस्या समाधन हुने भन्दै खुसी छाएको सोही स्थानका रामहरी थापाको भनाई छ ।