भक्तपुरमा विद्यालय पुनर्निर्माणमा सुस्तता

447

असार १,
भक्तपुर । भुकम्पबाट प्रभावित विद्यालयहरुको पुनर्निमार्णले चाहे जस्तो गति लिन सकिरहेको छैन् । वि.स २०७२ सालमा गएको भुकम्पबाट भक्तपुरमा ९७ वटा विद्यालय प्रभावित भएका थिए । जसमा पूर्णक्षति २, अधिकक्षति ६० र सामान्य क्षति ३५ विद्यालय रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय भक्तपुरले जानकारी दिएको छ । आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय भक्तपुरका प्रमुख देबकुमार बरालका अनुसार हालसम्म नौ वटा विद्यालय मात्र निर्माण सम्पन्न भएका छन् ।

जसमा विद्यालय व्यवस्थानपन समितिसंग सम्झौता भएर तीन कोठे भवन निर्माण भएका तीन, विभिन्न गैरसरकारी संस्थाको सहयोगबाट तीन, युनिसेफको सहयोगमा तीन विद्यालयको निर्माण कार्य सकिएको बरालको भनाई छ ।
भक्तपुरमा नेपाल सरकार, एशियाली विकाश बैंक, युएसआइडी र विभिन्न गैरसरकारी संस्थाहरुले विद्यालय निमार्णमा सहयोग गरिरहेका हुन् । आर्थिक वर्ष २०७४/०७५मा दश विद्यायल निर्माणाधिन भएपनि बाकीं रहेको समयमा शतप्रतिशत पुरा हुने अवस्था नरहेको आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय भक्तपुरका प्रमुख बरालले बताए ।
जिल्लामा निर्माण व्यवसायी मार्फत निर्माणाधिन दुई विद्यालयहरुको प्रगतिसमेत सोचअनुसार हुन सकिरहेको छैन् । जसमा महेन्द्रग्राम माध्यमिक विद्यालय चाँगुनाराणय– ८ मा करिब ७५ प्रतिशत र कालिका माध्यमिक विद्यालय चाँगुनाराणय – ६ मा ९० प्रतिशत काम सकिएको छ ।

हाल निर्माणाधिन अवस्थामा रहेमा २४ विद्यालय छन् । जसमा नेपाल सरकारको तर्फबाट १०, विद्यालय व्यवस्थापन समितिले ८, गैरसरकारी संस्था ४ र निर्माण व्यवसायी मार्फत २ विद्यालय बन्नेक्रममा छन् । यहि सबैको कार्य प्रगति हेर्दा ५० प्रतिशत हाराहारीमात्र रहेको कार्यालयले जानकारी दिएको छ । भक्तपुर नगरपालिका दरबार क्षेत्रभित्र रहेका तीन विद्यालयमा नक्सापास हुन नसक्दा कार्य सुरु हुन सकिरहेको छैन् । जसमा पद्य मावि, विद्यार्थी निकेतन र शारदा मावि रहेको छ । शारदाले इन्जिनियरिङ सर्भे समेत गरेको छैन् ।

बरालले कतिपय विद्यालयहरुको जग्गाको क्षेत्रफल कम भएकाले पुनर्निर्माण प्राद्यिकरणले तोकेको मापदण्ड अनुसार बनाएको नक्सा नमिल्ने हुदँ पून अर्को नक्सा बनाउदाँ समय धेरै लागेको बरालको भनाई छ ।
विद्यालय पुनर्निर्माको लागि चालू आर्थिक वर्षमा ७ करोड, २६ लाख ११ हजार बजेट रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षको बाकीँ यो वर्ष लागि भएको र काम भएमा २ करोड रुपैयाँसम्म थप हुनसक्ने बरालले जानकारी दिएका छन् ।