फोरम आजै सरकारमा जाने

166

जेठ १८,
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ। फोरमबाट सरकारमा अध्यक्ष उपेन्द्र यादव र अर्का नेता मोहम्मद इस्तियाक राई सरकारमा सहभागी हुने स्रोतले बताएको छ। उनीहरुले शुक्रबार दिउँसो ३ बजे शपथ लिन कार्यक्रम रहेको स्रोतको दाबी छ। स्रोतका अनुसार फोरम अध्यक्ष यादवले स्वास्थ्यमन्त्रीको शपथ लिनेछन् भने राईले शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्। लामो समयको पार्टीभित्रको रस्साकस्सीपछि फोरमले मन्त्रीको टुंगो लगाएको थियो। सरकारसँग सहमति भएको चार दिन बितिसक्दा पनि आन्तरिक विवादका कारण फोरमले मन्त्रीको नमाम टुंगो लगाउन सकेको थिएन। फोरमभित्र दर्जन बढी नेतले मन्त्रीका लागि आकांक्षा देखाएका थिए। तर फोरमले दुई मन्त्रालय मात्र पाएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधनका लागि छलफल गरेर अघि बढ्ने सहमति जनाएपछि फोरम सरकारमा जान राजी भएको हो।