अरुको नामको ट्रायल दिने नक्कली परिक्षार्थी प्रहरीको फन्दामा

334

जेठ १६,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले अरुको नामको ट्रायल दिने नक्कली परिक्षार्थी र ‘लाईसेन्स बनाउन सहयोग गर्छु’ भन्ने बिचौलिया पक्राउ गरेको छ । मंगलबार दिउँसो भक्तपुरमा रहेको जिल्लामा ईजीवे ट्रायल सेन्टरमा काभ्रेपलाञ्चोक पाँचखाल न–६ बस्ने बर्ष ५० को प्रेम अधिकारीलाई ‘लाईसेन्स बनाउन सहयोग गर्छु’ भन्दै पैसा मागेको आरोपमा पक्राउ गरेको हो ।
सोही ट्रायल सेन्टरमा सिन्धुली फिक्कल गाउँपालिका–२ नम्बर वडा स्थायी घर भएका टिकाराम चौलागाईको मोटरसाईकलको ट्रायल परिक्षा दिँदै गरेको तेह्रथुम ईवा गाउँपालिका–१ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने बर्ष ३० को धनकुमार ईङमान लिम्बुलाई बुधबार पक्राउ गरेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर–४ सनिस पाक श्रेष्ठको नाममा मोटरसाईकलको ट्रायल परिक्षा दिने मोरङ लेटाङ गाउँपालिका–८ घर भई हाल ललितपुर लुभु बस्ने बर्ष ३१ को अर्जुन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् । पक्राउ परेकालाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी सार्वजनिक अपराधमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेकोे प्रवक्ता डिएसपी प्रसाई भनाई छ ।