जेठ १६,
महोत्तरी । लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ पोल भाँचिएर लाग्दा एक बालकको मृत्यु भएको छ। लोहारपट्टी–१ बगडाका मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक कुबेर कडायतले बताए। घरनजिकै रहेको खेतको छेउमा आधा भाग भाँचिएर होड परी बसेको ढलानको पोलमा झुला झुलेर खेलिरहेको बेला माथिल्लो आधा भागले बालकको टाउकोमा थिचेको थियो। गम्भीर घाइते बालकको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।