जेठ १४,
काठमाडौँ । नेपाल प्रहरीले बाघको छाला बिक्री गर्ने तयारीमा रहेका चार जनालाई आज पक्राउ गरेको छ । बैतडी घर भई काठमाडौँ बस्दै आएका श्यामसिंह कार्की, प्रवीण्सिंह रावल, जीतेन्द्र रावल र विनोदप्रसाद भट्टलाई बाघको छाला बिक्री गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । बाघको छाला बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभागको विशेष टोलीले काठमाडौँको माकल सानो धारामा डेरा गरी बस्ने उनीहरुलाई एक थान बाघको छालासहित नियन्त्रणमा लिएको हो ।