ओखलढुंगामा अझै पुगेन सिंहदरबार

231

जेठ ७,
ओखलढुंगा । दोस्रो चरणको स्थानीय तहको निर्वाचन भएको १० महिना बित्यो। निर्वाचनपछि नागरिकले प्रदेश र स्थानीय तहका गाउँगाउँमा सिंहदरबार पाए। स्थानीय तहमै २० वर्षपछि आफ्ना समस्या सुनाउने आफ्नै जनप्रतिनिधि पाए। कर्मचारीले चलाउँदै आएको स्थानीय तह आफैँले चुनेर पठाएका प्रतिनिधिको हातमा पुग्यो। स्थानीय तहमा जनप्रतिनिधि आएबाट सर्वसाधारणका समस्या समाधानमा अलिक सरल महसुस भएको छ।अहिले आफ्ना समस्या सहज रुपमा जनप्रतिनिधिसमक्ष राख्न सकिने भएको छ। ओखलढुंगा लिखु ६ का दलबहादुर भुजेल आफूले जिताएर पठाएको प्रतिनिधिको पहलले गाउँमा सडक बनेकोमा खुसी छन्। गाउँमा सडक बनेपछि उनलाई भुकम्प पछिको पुनःनिर्माणमा सहज भएको छ। स्थानीय तहको निर्वाचनपछि गाउँमा सडक संजालले छोएको छ। गाउँका खेतबारीमा गोबर मल लैजान,भैंसी चराउँन, घाँस काटेर घर लग्न ल्याउन सजिलो भएको छ। अस्पताल जान आउन सजिलो भएको छ। स्वास्थ्य उपचारका लागि अन्यत्र जान सहज भएपछि दलहादुर जस्ता ग्रामीण कृषकहरू लाभान्वित भएका छन्। ग्रामीण सडक निर्माणका काम सुरु भएका छन्। विकास निर्माणका कामलाई पनि अगाडि बढाइएको छ लिखु गाउँपालिका ६ का वडाअध्यक्ष टिकाराम मगरले बताए। दुईमहिना सवारीसाधन नचल्ने गाउँमा यसवर्ष यातायातका साधनहरू अहिलेसम्म चलिरहेका छन्। जसले भूकम्पपछिको पुनर्निर्माणमा जनतालाई सहज महसुस भएको छ। जिल्लाका अधिकांस स्थानीय तहले घरमै वृद्धभत्ता पाएका छन्। सुरक्षित मातृत्व सेवा उपलब्ध हुने वातावरण बनेको छ।