जेठ ३,
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा रहँदै आएको सिन्डिकेट तोड्ने घोषणा गरेको छ । श्रममन्त्री गोकर्ण विष्टले बिहिबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै सो घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा मन्त्री विष्टले मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क नेपालको तर्फबाट खारेज गर्ने जानकारी दिए । यद्यपि, मलेसियाको सरकारले नै मलेसिया आउने विभिन्न देशका कामदारमाथि यो शुल्क लगाउँदै आएको छ ।
त्यस्तै, रोजगारीमा जाने कामदारहरुसँग भिषा र स्वास्थ्य परिक्षण शुल्क लिन पाउने निर्णय गरिएको मन्त्री विष्टले जानकारी दिए । माइग्राम, वान स्टेप सेन्टर, वान स्टेप सेन्टर, आइएसी लगायत शुल्न नतिर्न सरकारले निर्णय गरेको छ । यसैगरी, नेपाल सरकारमा सूचीकृत भएका सबै स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परिक्षण गर्न पाउने निर्णय समेत गरिएको छ । मन्त्री विष्टले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहलसमेत गर्ने समेत जानकारी दिए ।