जेठ ३,
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादले गृहमन्त्री समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पक्राउ गरेर जेलमा कोच्नु भन्ने आदेशपछि निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले समाजिक संजालमार्फत गृहमन्त्रीलाई यस्तो पत्र लेखेका छन् ।
माननीय गृहमन्त्री ज्यु
सबिनय नमस्कार,
माननीय गृहमन्त्री ज्यु कुन बिषय वा प्रसगमा निर्माण ब्यबसायिहरुलाइ जेल ठोक्नु भन्ने निर्देशन मातहत निकायमा गएको खबर विभिन्न संचार माध्यममा प्रकाशन र प्रसारण भएको पाइयो निश्चय पनि भौतिक पुर्बाधार निर्माण आयोजनाहरु समयमै सम्पन्न नभएका कारण बाट भएको क्षती र त्यस्को संवेदनशिलतालाइ हेर्ने र बुझ्ने जो कोहिले पनि यसै गरि भाबुक हुने र प्रतिक्रियात्मक हुनेमा दुई मत हुन सकिदैन तर आदरणीय गृहमन्त्री ज्यु ती समयमै सम्पन्न नभइ असरल्ल परेका सबै आयोजनाहरु निर्माण ब्यबसायीहरुकै लापरबाहीले मात्र त्यस्तो भएका हुन त रु यो प्रश्नका पछाडिका समस्या र बेथितिहरुलाइ हामिले बिर्सिऔ भने दीर्घकालीन समस्या समाधानमा हामी पुग्नै सक्दैनौ तसर्थ ती असरल्ल आयोजनाहरु मध्ये केहि गौरबशालि आयोजनाहरुलाइ नमुनाका रुपमा लिइ एउटा स्वतन्त्र बिज्ञहरुको आयोग बनाइ अध्ययन अनुसन्धान गरि सम्लगन सबै पक्षहरु मध्ये क कस्को गल्ती, लापरबाही र के कस्तो समस्याका कारण त्यस्तो भएको छ पहिचान गरि सोही अनुसार कारवाही अगाडि बढाउने गरियो भने समयमै आयोजनाहरु सम्पन्न नहुने समस्या सधैको लागि अन्त हुन्छ । हामीहरुको अहिले सम्मको अनुभवले यसरी आयोजनाहरु अधुरो अपुरो हुने कारणलाई १००५ मान्ने हो र त्यस्को गल्ती र लापरबाहीलाई भागबन्डा गर्ने हो भने निर्माण ब्यबसायिहरुको बढीमा २५५ र बाकी ७५५ सार्वजनिक निकाय, परामर्शदाता र अन्य त्यो आयोजना सग सम्बन्धित पक्षहरुको भुमिका रहेको देखिन्छ । तसर्थ निर्माण ब्यबसायीलाइ छुट दिनु पर्दछ भनेर याहा नीर मैले भन्न खोजेको होइन । राज्यबाट हुने कारबाहीमा दोषी सधै दन्डको भागिदार हुनै पर्दछ र निर्दोषि सजायबाट कहिले पनि पीडित हुनु नपरोस र कानुनी राज्य स्थापित होस सो कार्यमा सहयोगी भुमिकाको लागि नेपाल निर्माण ब्यबसायी महासघ सदैब तत्पर रहेको ब्यहोरा पनि माननीय गृहमन्त्री ज्यु समक्ष सबिनय जानकारी गराउन चाहान्छु ।
राम शरण देउजा
महासचिव
नेपाल निर्माण ब्यबसायि महासघ