करातेः नेपाल टिम च्याम्पियन

94

बैशाख ३१,
काठमाडौँ । नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि आज हात पारेको छ । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११ स्वर्ण, रजत र कास्य हात पा¥यो । तेस्रो स्थानमा चित्त बुझाएको भुटानले तीन तीन स्वर्ण र रजत तथा चार कास्य प्राप्त ग¥यो । पाँच राष्ट्र सहभागी दुईदिने उक्त प्रतियोगितामा तीन स्वर्ण र आठ कास्यसाथ श्रीलंका चौथो तथा दुई दुई स्वर्ण र कास्यसाथ मलेसिया पाँचौँ भए । पुरुषमा नेपालका कुइसाङ लामा र महिलामा नेपालकै विविका श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, आयोजक संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा ३५० खेलाडीले ३३ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।