डुबेर दुई बालकको मृत्यु

459
सांकेतिक तस्विर

बैशाख २७,
सुनसरी । इनरुवामा खाल्डोमा जमेको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा–१० जल्पापुरका इरफान मियाँको दुई वर्षीय छोरा सुरफान मियाँको रहेको प्रहरीले जनाएको छ। उनको घर नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। यस्तै, मोरङको रंगेली–५ आँपगाछीका गुलाबचन सरदारको सात वर्र्षीय छोरा करण सरदार पनि डुबेर मृत्यु भएको छ। बुधबार साँझ खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर गम्भीर घाइते भएको करणको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ। करणलाई डुबेर गम्भीर अवस्थामा आफन्तले भेटेका थिए। त्यसपछि उपचारका लागि रंगेली अस्पताल पुर्‍याइएको थियो।