सुत्केरी भत्ता उपलब्ध गराउँदै सहकारी

181

बैशाख २६,
कञ्चनपुर । महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउन र सुत्केरी हँुदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो । महिला सदस्यलाई दुई पटक सुत्केरी भत्ताबापत रु एक हजारका दरले रकम उपलबध गराउँदै आएको सहकारीका प्रबन्ध सञ्चालक गणेश चन्दले बताउनुभयो ।
“हालसम्म एक हजार ६३ सुत्केरी महिलालाई रु छ लाख ३१ हजार उपलब्ध गराएका छौँ,” उहाँले भन्नुभयो ।
सहकारीको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयका रुपमा रहेका बेलौरी, झलारी, दोधारा–चाँदनी, कृष्णपुर र दैजीमा आबद्ध महिलालाई भत्ता उपलब्ध गराइँदै आएको छ । यसैगरी, बाढीपीडित र आगलागीबाट क्षति ब्यहोरेका सदस्यलाई रु एक लाख ३२ हजार तथा काजक्रिया खर्च बापत रु छ लाख ७५ हजार प्रदान गरेको चन्दले बताउनुभयो । सामाजिक उत्तरदायित्वतर्फ अञ्चल बालअनाथालयलाई रु एक लाख एक हजार, निङ्गलाशैनी भगवती सेवा समाजको एम्बुलेन्स खरीदका लागि रु २२ हजार, पत्रकार महासंघको भवन निर्माणका लागि रु ५५ हजार तथा ब्याडमिन्टन प्रतियोगिताका लागि समेत उदयदेव सहकारीले रु २१ हजार सहयोग गरेको छ ।