बैशाख २२,
काठमाडौं । अमेरिकाको हवाइस्थित विशाल टापुमा ज्वालामुखी विस्फोटको दोस्रो दिन शक्तिशाली भूकम्प गएको छ । ज्वालामुखी गएको दक्षिण पूर्वी क्षेत्रमा शनिबार ६।९ म्याग्निच्यूडको भूकम्प गएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । अमेरिकी इतिहासमा यो सन् १९७५ पछिकै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पलगत्तै केही समय विद्युत् सेवा अवरुद्ध भएको थियो भने मानिसहरुलाई घरबाहिर सुरक्षित स्थानमा जान सूचित गरिएको थियो । ३० मिटर उचाइसम्म विस्फोट भएको ज्वालामुखीका कारण धेरै घरहरु ध्वस्त भएका छन् । ज्वालामुखीका कारण हावामा खतरनाक सल्फर डाइअक्साड ग्यासको सतह बढे पनि प्रभावितहरुलाई सहयोग गर्न आपत्कालीन सेवाका कर्मचारी पनि उपलब्ध नहुने बताएको छ । ज्वालामुखी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।