जिन्दगीका बाटाहरुः एघार जनाको परिवार, नौ जना दृष्ट्रिविहिन ( भिडियो सहित)

438

-विद्या चापागाई
बुवा दुध बेच्न जानुहुनथ्यो । घरका वस्तुभाउका दूधले मात्र पुग्दनथ्यो । गाउँबाट दूध किन्नुहुन्थ्यो । हल्का पानी मिसाउनु हुन्थ्यो । अनि दूधको स्वाद नपाएका शहरियाहरुलाई बेच्न जानु हुन्थ्यो क्यानमा बोकेर । आमा साग बेच्नुहुन्थ्यो । कठै, सागमा त के मिसाउनु । साग, सागै हुन्थ्यो । हरिया कलिला साग । गोबरको रस पाएर हुर्केका साग । बुवाले दूध बेचेर र आमाले साग बेचेर हाम्रो घरको गुजारा चल्थ्यो ।

जग्गा जमीन प्रशस्तै थियो । शहर नजिकै थियो । तर खै किन हो हाम्रो काँठ असाध्यै पछि परेको थियो । मेरो जिन्दगीका आदिम बाटाहरु बुवा दूधको क्यान बोकेर तर्ने वागमतीका घाटहरु थिए । अनि थिए आमाले साग बेच्ने बौद्धका गल्लीहरु । हामी जन्मी हुर्केको एयरपोर्टसँगैको गोठाटार त काठमाण्डूको आर्थिक, सामाजिक, राजनीतिक कुनै पनि नक्सामा थिएन ।

***

बुवा अहिले ७८ वर्षको हुनु भयो । केही दिन पहिले मात्र अस्पतालको ५ दिने बसाई पछि आफैंले एम्बुलेन्समा भाँ पुँ भाँ पुँ गर्दै घर पुर्याएको थिएँ । जब माइतीबाट फोन आउँछ मन चिसो हुन्छस् कतै मेरा बा चिसा भए कि रु

***

खै कस्तो कस्तो लाग्छ । हाम्रो समाज राजनीति र अर्थव्यवस्थासँग हामी गाँसिएको जिन्दगी देख्दा । जुम्लामा अघिल्लो वर्ष एकाविहानै एकजना जर्मन पर्यटक भेटिएका थिए । हामी विहानीका खाजामा फापरको रोटी खाँदै थियौै । ती पितृ उमेरका वृद्ध एक जना कलिला भरियालाई साथी बनाएर ताप्लेजुङदेखि हप्तौं लगाएर हिँड्दै आएका रहेछन् । उमेर चाहिँ मेरै बाको आसपासको । मेरा बा जसलाई मैले केही दिन अगाडि भाँ पूँ भाँ पूँ गर्दै एम्बुलेन्समा पाटन अस्पतालदेखि बौद्ध घर पुर्याएकी थिएँ । ती जर्मन बा दार्चुलासम्मको यात्रामा हिँडेका थिए । उनको आजको बास गुगल म्याप्सले समेत नदेखाउने पहाडको कुनै कन्दरा थियो । उनी होटलका साउजीसँग ७ मिनेट जति ढिलो गरिदिएकोमा गुनासो गर्दै थिए ।

***

हामीलाई बाँच्नको लागि वहाना मात्र चाहिने हो तरु हामी आफ्ना भूगोल राजनीति र सामाजिक परिवेशलाई दोष दिएरै आफ्ना जिन्दगीका असफलताहरुलाई स्वीकार गरिरहेका छौं त रु यो प्रश्नले मलाई भित्र छातिमा हान्यो जब मैले चन्द्रवीर ओलीलाई भेटेँ ।

***

नाम नै मन पर्यो
अगाडि चन्द्र पछाडि वीर । क्या सुन्दर नाम उनको । थरमा नजाउँ होला । फेरि राजनीतिक सुगन्ध आउला ।

कस्सम । मलाई उनी चन्द्रमा जस्तो पनि लाग्यो, वीर त उनी थिए नै ।

उनकै सेरोफेरो उमेरका मेरा बा लाई म भाँ पूँ भाँ पूँ गर्दै एम्बुलेन्समा घर लाँदै थिएँ । उनी भीरका ढुङ्गा घनले ड्वाङ ड्वाङ हानेर फुटाउँदै थिए ।

***

मेरा बा महान् हुन् । उनले मलाई पढाए । दूध बेचेरै पढाए । काठमाण्डूसँगै टाँस्से पनि हाम्रो काँठ भनेको असाध्यै पिछडिएको ठाउँ हो । पत्रकार किरण भण्डारीका काँठका टीप्पणीबारे छुट्टै एउटा कथा लेखौंला कुनै दिन । तर मेरा बा, म हुर्केको परिवेशका क्रान्तिकारी नै हुन् । त्यो परिवेश जहाँ छोरीको न्वारनमा राख्ने नाम भन्दा पहिला उसलाई दिने दाइजोको चिन्ता हुन्छ बा-आमालाई । त्यही परिवेशका बाले मलाई म क्याम्पस पढ्न जाँदा झिसमिसेमै वागमतीको पुल कटाइदिन्थे । म क्याम्पस जाने बस पकड्न जान्थेँ । बा पानी मिसाएको दूध बेच्न शहरियाहरुको ढोकामा जान्थे । मैले मेरी आमाबारे किन केही लेखिन रु मेरी आमा यति महान् छिन् कि उनलाई बासँगै लेखियो भने उनीमाथि अन्याय हुन्छ । आमाबारे मात्र अर्को कथा लेख्छु ल एकदिन ?
यो लेख, फोटो र भिडियो हामीले हेर्ने कथाडट बाट साभार गरेका हौ । थाछ मलाई म धेरै बहकिँदै छु । मैले लेख्न खोजेको विषय ‘चन्द्रवीर ओली’ हो । जो चन्द्रमा जस्तै हँसिलो थ्यो र जो वीर थियो ।

***

चन्द्रवीर ओलीका पछिल्ला सम्झनामा रोल्पा आउँछ । उनी जन्मेको ठाउँ । त्यसो भन्दै गर्दा पनि हामीले धेरै खोतलेनौं उनका भीराला रोल्पाली विगतहरु । फगत उनले आमाको मात्र नाम लिए स् ‘आमा वाहिरको काम गर्नुहुन्थ्यो । खाना पकाउने घरको काम गर्ने म गर्थेँ । ‘ हामीले कोट्याउँदा पनि कोट्याएनौं त्यतिखेर उनका बा के गर्थे भनेर । उनी गए इन्डिया । पहाडै पहाडको देशबाट उनी गए इन्डिया र इन्डियामा झेले अनगिन्ति पहाडहरु । अरे बाबा बीस एक्काइस वर्षको उमेरमा इन्डिया गएको मान्छे ४८ वर्षसम्म उतै हरायो । गौतम बुद्ध ज्ञानको खोजिमा कति वर्ष पो इन्डिया गएथे कुन्निर ? यहाँका पहाडहरुमा पहिरो खस्थ्योरु यहाँका पहाडहरुमा जिन्दगीलाई डोर्याउन साध्यै गाह्रो हुन्थ्यो । त्यहिँ पर भारतका पहाडहरुमा स्याउका बोटहरुसँग मित लगाएर उनले जिन्दगीका उर्बर ३ दशक बिताइदिए । पहाडले पनि कस्तो विभेद गरेको होला ?

***

भारतमा स्याउका बोटहरुसँगको एउटा लामो प्रेम कथालाई उनले एकदिन चटक्कै बीट मारिदिए । फर्की आए आफ्नै देशका उजाड पहाड । र त्यै उजाड पहाडकी ‘फूल जस्ती’ खुमालाई बिहे गरे ।

४८ वर्षको बुढाले २० वर्षकी खुमालाई विहे गरे । खुमा अन्धी थिइन् । बाले अर्की स्वास्नी ल्याए पछि हेलाँ गरेका थिए । मामाघर बस्थिन् । आँखा नदेख्ने भएकाले काम सघाउन नसक्ने । आफन्तले चन्द्रवीरको ‘टाँसो लगाइदिए’ ।

***

फेरि मेरै घरको कथा

फर्की आएँ म आफ्नै घरमा ।

मेरा बा काँठका । मेरी आमा मधेसकी । पछिसम्म पनि मेरी आमालाई गाउँलेहरुले ‘मदिसिनी’ भन्थे । आमा रौतहटकी हुनेखाने घरकै थिइन् अरे । यता बाका पहिलेकी श्रीमतीबाट वच्चा नभएपछी अर्की बिहे गर्न खोज्दै रैछन् । खै कताकताबाट के कनेक्सन भयो । मेरी आमालाई रौतहटका जिमिन्दारहरुले काठमाडौं पठाइदिए । १४ वर्षकी मेरी आमाको ३४ वर्षका मेरा बासँग बिहे भयोस् वच्चा पाइदिनको लागि । अनि १४ वर्षकी मेरी कलिली आमालाई एउटा बिहे भइसकेको मान्छेसँग बिहे गरिदिने कारण चाहिँ दाइजो धेरै दिन नपरोस् भनेर रैछ ।

***

खुमाले खुलेर बताइन् बाध्यताले बिहे गरेकी हुँ चन्द्रवीरलाई भनेर । चन्द्रवीर हाँसेर सुनिरहे ।

***

लगभग ३ वर्ष अगाडि चन्द्रवीरले अनौठो सपना देखे । जिन्दगीले ७२ वर्ष काटिसकेको थियो । खुमाले जन्माएका सबै सन्तान अन्धा थिए कान्छो बाहेक ।

***

बाटोको कथा
होलसेलमा खमारी भन्छन् त्यो गाउँलाई । तर चन्द्रवीरको घर भएको भित्तोको कुनै नामै छैन । गाउँ भए पो नाउँ हुन्छ ।
चन्द्रवीरको घर जाने ठाउँ खोज्दै हामी दुइ फेर राजमार्गमा ओहोर दोहोर गर्यौं । जंगलको माझमा गाउँ होला जस्तो ठावैं थिएन । सोधखोज गरी पत्ता लगायौं । एउटा ताजा बाटोबाट जंगलभित्र छिर्यौं ।

***

त्यो बाटोमा केही महिनाअघि मात्र डोजर लागेको रहेछ । चन्द्रवीरले एक्लै खनेको बाटोमा ।

चन्द्रवीरले एक्लै खनेछन् बाटो । विल्कुल एक्लै । अनि हरेक दिन दुई वर्ष लगाएर खनेछन् पहाड र बनाएछन् बाटो । घरका अन्धा सन्तानहरु सजिलै हिँडडुल गर्न सक्लान् भने ?

दाह्री काँसका फूल जस्ता छन् । दाँतहरु पहिरो गइसके । ओहो मुस्कान चाहिँ सुनाखरी जस्तो । अझै पनि दिनदिनै बाटो रेखदेख गरिरहन्छन् । खसेका ढुँगा माटा पन्छाइरहन्छन् ।

***

मलाई कहिले काहिँ लाग्छ हामी असाध्यै भौतिक भयौं । असाध्यै केन्द्रीकित भयौं कि । रानीपोखरीको संरचना कुन स्वरुपमा बनाउने रु काष्ठमन्डपमा कस्ता काठ हाल्ने रु काठमाडौंका बाटाघाटाका खाल्डाखुल्डी कसले पुर्ने । यहाँको प्रदूषणबाट बच्न कुन गुणस्तरको कस्तो मास्क प्रयोग गर्नेरु मधुमेहका रोगीले कुन समय मर्निङ वाक गर्ने रु सडक विस्तार गर्दा छेउका शिरिषका रुखहरु काट्ने कि नकाट्नेर ?  यस्ता वहसहरु भइराख्दा चन्द्रवीर ओली के गरी बसेका होलान् रु शुक्रबारको साँझमा मातेका ट्वीटहरु टाइमलाइनमा आइरहँदा चन्द्रवीर ओली घर आइसके होलान् कि जंगलमै होलान् । वरपरको निर्जन जंगल र विहानदेखि वेलुकासम्म एकोहोरो कराउने चरा र बास्ने रातेका आवाजहरु उनलाई काठमाडौंको प्रदूषण जस्तै पो लाग्छन् कि १

***

ग्रहदशा ठीक छैन भन्थे चन्द्रवीर । उनका जिन्दगीका केही महत्वपूर्ण बाटाहरुलाई यस्तै ग्रहदशा बताउनेहरुले मोडिदिएका थिए । उनी पनि खुशि थिए आफू हिँडेको बाटोमा । ‘७५ सालमा मरिन्छ कि क्या हो’ भन्ने चन्द्रवीरलाई ७५ सालको अन्तिमतिर एक फेर भेट्न जान मन छ ।

***

उनको आँगनसम्म भाँ पूँ भाँ पूँ गर्दै एम्बुलेन्स पनि पुग्दैन होला

***

मेरा बा । चन्द्रवीर ओली ।

*** यो लेख, तस्विर र भिडियो हेर्न कथाबाट साभार गरेका हौ ।