मुक्तकः

312

-सुशिला पौडेल,
ती दाइहरु अनि भाइहरु
यस्तो लाग्छ हुन ती कसाइँहरु
लुछ्छन जिउँदा मान्छे सधैं
साच्चै हुन कि ती ब्वाँसोका ज्वाइँहरु ।

घाउहरु लगाइरहन्छ्न कुर्सीमा बस्नेहरु
निर्दोषका आँसु बगाइरहन्छ्न कुर्सीमा बस्नेहरु
पत्थर कै हुँदो रहेछ क्यारे तिनीहरुको मन
सोझै मुटु चपाइ रहन्छन् कुर्सीमा बस्नेहरु ।

धम्कीको भरमा व्यवहार कति चल्ला र ?
प्रेमविनाको घरबार कति चल्ला र ?
जाल बुन्छन विपक्षी राम्रै गरे पनि
यस्तो अविश्वासको सरकार कति चल्ला र ? ।

कुकुरले मान्छे टोक्यो भन्दैमा मान्छेले कुकुर टोक्न सकिन्न
जतिसुकै आदर्शवान भए पनि नालीको कीरा शिरमा बोक्न सकिन्न
बरु आँसु पिएरै पेट भरिन्छ दुस्ख मै जीवन काटिन्छ
अर्काको रगत पसिना पिउनेसङ्ग झुक्न सकिन्न ।
कपन, काठमाडौं ।