मध्यपुर थिमि नगरका प्रमुख श्रेष्ठमाथी आक्रमण, अस्पतालमा उपचार हुदैं

436

बैशाख ८,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमा आक्रमण भएको छ । मध्यपुरथिमिको वडा नम्बर ३ रहेको उनको घर नजिकै उनीमाथी अज्ञात समुहले शनिबार दिउसोँ आक्रमण गरेको नेकपा एमाले भक्तपुरका कार्यवहाक अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् । उनी सवार गाडीमा तोडफोड् गरि आक्रमण गर्दा उनको हात र खुट्टामा चोट लागेको छ । नगर प्रमुख श्रेष्ठको हाल मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाकीं छ ।