कविताः आवाज

262
लेखकः राजकुमार लामिछाने

-राजकुमार लामिछाने,
आज हामिले आँटे
हुन्छ अर्को युगको सुरुवात
सुनौलो बिहानी त अवश्य हुन्छ मित्र
जतिसुकै कालो किन नहोस यो रात
सुन मनमा गुन
म भन्दैछु बार बार
हामी क्रान्तिका सिपाही हौ
कि जित्छौ कि सिक्छौ
हुनेछैन हाम्रो कहिलै हार ।

कति आउलान आधी बेरी
‎कति पर्ला खडेरी
‎कतै पाउ फुट्ला तिम्रो
‎कतै धैर्य टुट्ला
‎तर पनि
‎क्रान्तिको मशाल त बल्छ बल्छ
‎तिमी आउ न आउ
‎यो यात्रा त चल्छ चल्छ
‎तोडिनेछ अवश्य यो असमनातको बार
‎हामी क्रान्तिका सिपाही हौ
‎कि जित्छौ कि सिक्छौ
‎हुनेछैन हाम्रो कहिल्यै हार ।

हामी,
‎कोहि उपयोग भन्दै कुर्शिमा नि बस्यौ होला
‎अलि बढी नै बुझ्ने कोहि दरवारमा नि पस्यौ होला
‎देख्दै सबथोक त्यही बन्दुकको नालमा
‎हामी कोहि जङ्गलमा केही बेर फस्यौ होला
‎हो हिजो यो सब भयो
‎सहि गलत जे होस
‎अब हिजो त गयो
‎एक एक समय हुन्छ हरेक खेलको
‎कहिले पर्चाबाजी कहिले जेलको
‎आज आवश्यक छ दाजुभाइ मेलको
‎कुन कुर्दै छौ साइत कुन कुर्दै छौ बार
‎हामी क्रान्तिका सिपाही
‎कि जित्छौ कि सिक्छौ
‎हुनेछैन हाम्रो कहिल्यै हार ।

बिचार एक टोपी फरक
घर एक खोपी फरक
लक्ष उहीँ बाटो फरक
किताब त्यही गातो फरक
मुल एउटै धारा धेरै
दर्शन त्यै नारा धेरै
भो अति भो
जे जति भो
अब आउ हात समाउ
क्रान्तिको एउटै मशाल जलाउ
बनाउ सर्वहराको एउटै धार
शोसकको मथिंगलमा परोस प्रहार
मानिसको अन्तर्राष्ट्रिय जाती हुनेछ
हुनेछ हाम्रो सपना साकार
हामी क्रान्तिका सिपाही हौ
कि जित्छौ कि सिक्छौ
हुनेछैन हाम्रो कहिल्यै हार ।
तेलकोट, भक्तपुर