एउटै व्यवसाय यसरी रमाउदैं छ चार पुस्ता

चैत २२,
भक्तपुर । दैनिक सयौं युवायुवतीहरु कामको खोजिमा विदेश पलाएन भईरहेका छन् । पाचँ जनाले परदेशमा मृत्युवरण गरेर बाकसभित्र प्याक भएर नेपाल फर्कीरहेका हुन्छन् ।
विदेशमा गरेजस्तै कामको सम्मान, मेहनत र धैर्य गर्न सके स्वदेशमै मासिक लाखौं आम्दानी हुन्छ ।
राजकुमार श्रेष्ठको उमेरले पाँच दशक पार ग¥यो । तीन ओटा कराई अट्ने चुलो नजिकै बसेर राजकुमारले कुराउनी (खुवा) बनाएर दशकौं बिताए । उनीसंगैका धेरै साथीसंगहरु जागिर र विदेश पलाएन भएपनि राजकुमारमा त्यो मोह जागेन् ।
स्वर्गीय हजुर बा गणेश बहादुर र पीता स्वर्गीय प्रेमबहादुर श्रेष्ठले चलाउदैं आएको खुवा बनाउने व्यवसाय निरन्तर चलिरहेको छ ।
उनको दैनिक सधै एकनासले बितिरहेको छ । दुध, आगो, कराई, पन्यु र खुवा उनको जिन्दगीका सहयात्री हुन् ।
भक्तपुरको चागँुनारायण नगरपालिका वडा नम्बर ८ कुराउनी टोल (हालको ओमशान्ती) उनको तीन पुस्ताले यसैगरी दैनिकी बितायो । तर अहिले उनका दुईभाई छोराहरु बिनोद र बिकल श्रेष्ठले पनि पुस्तेनी व्यवसायलाई साथ दिदैं आएपछि चार पुस्ता एउटै व्यवसायमा रमाई रहेका छन् । घरमा उत्पादन भएको दुधले मात्र माग अनुसारको खुवा बनाउन पुग्दैन् । त्यसैले नजिकैको दुध संकलन केन्द्रबाट ल्याएर माग धान्ने गरेको राजकुमारले बताए ।
राजकुमारले भने ‘मलाई पुर्खौदेखि गरिआएको खेतीपाती र हजुर बाको पालादेखि थालेको खुवा बनाउने व्यवसाय नै राम्रो लाग्छ ।’‘हामीसबै जना परिवारका सदस्य यो पेशामा सन्तुष्ट छौं, त्यसैले चार पुस्ता लगातार यहिँ व्यवसायमा छौं, श्रेष्ठको भनाई छ । परिवारका अन्य सदस्यहरुको समेत उतिकै साथ र सहयोगले यो व्यवसायमा सफलता मिलेको उनले बताए ।
राजकुमारको अनुसार हरेक दिन करिब एकसय लिटर दुधको खुवा बनाउने गरेका छन् ।
दैनिक १५देखि २० किलोसम्म खुवा बनाउने गरेको श्रेष्ठ परिवारलाई बजारको कुनै दुःख छैन् ।
कमलबिनायकबाट सुडाल हुदैं नगरकोट जाने वैकल्पिक सडक उनको घरसंगैबाट गएपछि कहिलेकाही माग पुरा गर्न नसक्ने अवस्था आउछँ । हिजोआज नगरकोट जाने आउनेले घरैबाट खुवा किनेर लान्छन्, राजकुमारले भने ।
पसलबाट खुद्रा खुवा किन्ने बाहेक राजकुमारले बिगत लामो समयदेखि काठमाडौं डिल्लीबजार र मैतिदेवी रहेका मिठ्ठाई पसलमा खुवा दिदैं आएका छन् । खुद्रा किन्नेलाई प्रतिकेजी ६ सय रुपैयामा खुवा बिक्रि गर्दै आइरहेका छन् । सानो लगानी र मेहनतबाट श्रेष्ठ परिवारले मासिक करिब ३ लाख रुपैयाँसम्मको व्यापार गर्दै आइरहेको छ ।
आमा, बुबाको मुख हेर्ने औशीं, तिहारलगायतका चाडपर्वमा खुवाको माग अत्यधिक हुने गरेको छ ।
रोजगारिकोलागि विदेशीने भन्दापनि सानो लगानीबाट सामान्य व्यवसाय गर्ने हो भने मुलुकमा विद्यमान बेरोजगारीको समस्या समाधान केहीहदसम्म समाधान हुनेछ । अर्कातर्फ यस्ता नेपाली कच्चा पदार्थमा सानो लगानीमा स्थापना भएका व्यवसायीलाई राज्यले उचित प्राविधीक सामान्य सहयोग गर्ने आर्थिक रुपमा संम्वृद्धि पाउन यो पनि एउटा हिस्सा बन्न सक्छ ।