उपसचिव मृत फेला

265

चैत २१,
बुटवल । प्रदेश ५ को उद्योग पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि अर्यालले मृत फेला परेका छन्। अर्यालले भैरहवास्थित घरेलु तथा साना उद्योग कार्यालयको क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए। क्वाटरमा सुसाइट नोट भेटिएको प्रहरीले बतएको छ। भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखेको उनको शव परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो २ बजेतिर बिरामी छु भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र सँगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई बोलाएर हेर्दा उनी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ। चितवन भरतपुर महानगरपालिका–११ जागृतिचोक स्थायी घर भएका अर्याल १५ दिनदेखि भैरहवास्थित क्वाटरमा बस्दै आएका थिए। गत वर्ष नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी छोरीको मृत्यु भएपछि अर्याल बिक्षिप्त अवस्थमा थिए।