२०७५ सालभरिको बिदा सूचि सार्वजनिक

272

चैत १९,
काठमाडौ । नेपाल सरकारले २०७५ सालको बिदाको सूचि सार्वजनिक गरेको छ । आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौतीको निर्णय गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । यसअनुसार वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ । सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ ।
सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ । दसैँ बिदा असोज ३० देखि कात्तिक ३ तथा तिहार बिदा कात्तिक २१, २२ र २३ गते हुनेछ ।