अफ्रिकी मुलुक कंगोको यस्तो स्वाभिमान

311

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोले जिनिभामा आगामी महिना आफ्नै लागि आयोजना गर्न लागिएको एउटा दाता सम्मेलनमा सहभागी नहुने जनाएको छ । आफ्नो मुलुकको ुछवि खराब रूपमाु प्रस्तुत गरिएको उसले गुनासो गरेको छ ।
भयावह मानवीय संकटका लागि भन्दै संयुक्त राष्ट्रसंघले सम्मेलनबाट १ अर्ब ७० करोड डलर जुटाउने लक्ष्य लिएको छ ।
कंगोका कार्यवाहक प्रधानमन्त्री होसे माकिलाले आफ्नो देशले आपद्‌को सामना गरिरहेको स्वीकारे । तर राष्ट्रसंघको कदमले लगानीकर्ताहरूलाई निरूत्साहित गरेको उनले बताए । कंगोका एक करोड ३० लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार हिंसाका कारण ४५ लाख मानिसहरू विस्थापित भएका छन्।
कंगो खनिज र अन्य स्रोतले धनी भए पनि सशस्त्र द्वन्द्व, भ्रष्टाचार र राजनीतिक संकटबाट ग्रस्त छ । फलस्वरूप राष्ट्रसंघले त्यहाँको संकटलाई तेस्रो तहमा राखेको छ जुन सबैभन्दा उच्च तह हो । राष्ट्रसंघले एप्रिल १३ मा कंगोका लागि जिनिभामा मानवीय सहायतासम्बन्धी एउटा उच्चस्तरीय सम्मेलन गराउँदैछ । तर कार्यवाहक प्रधानमन्त्री माकिलाले राष्ट्रसंघले आवश्यकताभन्दा बढी प्रतिक्रिया जनाएको र सहायता संस्थाहरूले विश्वभरि कंगोको खराब छवि प्रस्तुत गरिरहेकोु बताए । उनले भने, प्रतातान्त्रिक गणतन्त्र कंगो जिनिभा सम्मेलनमा सहभागी हुन अस्वीकार गर्दछ। बिबिसी