‘जंक फुड’ रोक्न विद्यालयमा भान्सा

292

नागरिक दैनिक-चैत ७,
दोलखा । कक्षाकोठाको पल्लो छेउमा बनाईएको अगेनामा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुनगाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् । छेउमै उनकी छिमेकी छत्रछायामा सुवेदी आलु ताछ्दैछिन् ।
केहि बेरमा सुशीलाले अगेनामा भाँडो वसालिन् आलु गेडागुडी भुटेर झोल हालेपछि तरकारी पाक्यो ।
लगत्तै पिठो मुछेर उनीहरुले रोट पनि तयार पारे । उनीहरुले पकाईतुल्याईसकेको केही बेरमा टिनटिनीनी घण्टि बज्यो । विद्यालयका बालबकालिका लाम लागे ।सदरमुका चरीकोटनजकिको मकैबारी गाउँस्थित आधारभुत विद्यालयमा एउटा कोठामा बनाईएको भान्सामा खाजा पकाउन खटिएका सुशीलाई र छत्रछायाको उदेश्य व्यापार गर्नु भने होईन ।, यो विद्यालयमा दैनिक यसरी नै खाजा पाक्छ । विद्यालयमै पुगेर आफ्ना अभिभावकले पकाएको स्वच्छ खाजा यहाँका विद्यार्थीले खान्छन् ।,