चैत ६,
हेटौँडा । प्रदेश ३ सरकारले चालु आर्थिक वर्षको बजेटमा तत्कालीन आवश्यकतालाई समेट्ने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव वसन्त अधिकारीले तत्कालीन आवश्यकतालाई समेटेर बजेट ल्याउने तयारी थालिएको बताए। विज्ञहरूसँगको दुई दिने छलफलबारे जानकारी दिँदै सचिव अधिकारीले आगामी आर्थिक वर्षका लागि मापदण्ड र आधार तयार गर्ने गरी चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारीमा सरकार जुटेको बताए। यसअघि बसेको मन्त्रिपरिषद बैठकले चैत २० गते बजेट ल्याउने गरी तयारी थाल्ने निर्णय गरेको थियो। चालु आवका लागि संघीय सरकारले उपलव्ध गराएको एक अर्ब दुई करोड ५० लाख रुपैयाँभित्रै रहेर बजेट ल्याउने आर्थिक ममिला मन्त्रालयले बताएको छ।