Sunday, September 27, 2026
Home समाचार स्मार्ट र यूटिएललाई जरिवाना

स्मार्ट र यूटिएललाई जरिवाना

251

चैत ५,
दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले आधारभूत टेलिफोन सेवाको सञ्चालन अनुमतिपत्र लाइसेन्स प्राप्त गर्दाको शर्तअनुसार काम नगरेपछि दुई कम्पनी कारवाहीमा परेका छन्। नियायक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटिएल र स्मार्ट टेलिकमलाई पाँच पाँच लाख रुपैयाँ जरिवाना गरेको छ।
प्राधिकरणको बोर्ड बैठकले यी दुवै कम्पनीले सञ्चालन अनुमतिपत्र लिँदा लिखित रूपमा प्रस्तुत गरेको ‘रोलआउट प्लान’ उल्लंघन गरेको पाएपछि कारवाही गर्ने निर्णय गरेको हो।