कान्तिपुर दैनिक
फागुन २८,
कैलाली । साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ सुखड घुर्साकी स्मारिका चौधरी उनको घरमा आइपुगिन् । आफू बडीकेदार ९डोटीमा रहेको तीर्थस्थल० बाट फर्केको र भोलेबाबाकी पार्वती भएको दाबी गर्दै उनकै घरमा सँगै बस्न थालेपछि उनले एकाएक चर्चा पाए । यो चर्चासँगै सुरु भयो रामबहादुर चौधरी भोलेबाबाको ठगी धन्दा ।
राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नुअघि भोलेबाबाले अन्य पाँच महिलालाई भूत–प्रेत भगाउने निहुँमा यातना दिइसकेका थिए । एक पुरुषको गालामा उनले ओगोसमेत डामेका थिए । स्थानीय विद्यालयमा कक्षा ११ मा पढ्ने राधालाई भोलेबाबाले शिवरात्रि ताकादेखि नै आफूकहाँ बोलाउन सुरु गरेका थिए ।
स्थानीयका अनुसार कथित बाबाले राधालाई ‘आफ्नी पार्वती’ बनाउन चाहेका थिए । ‘पटक–पटक राधालाई उनले बोलाउने गरेका थिए, तर राधाले उनीकहाँ जान मानिनन्,’ स्थानीय भलमन्सा राजाराम चौधरीेले भने, ‘त्यसैले घटना हुनु दुई दिनअघि कतारमा मृत्यु भएका स्थानीय कन्सराम चौधरीलाई पीडित राधाले कालो बिरालो बनेर मारेको हल्ला पार्वती ९स्मारिका० मार्फत उनले फैलाए ।’
‘घटनाको एक दिनअघि पनि उनले राधालाई बोलाउन पठाएका थिए, तर राधा गइनन्,’ उनले भने, ‘अर्को दिन बिहानै नियोजित रूपमा किस्मती चौधरीसहित १८र२० जनाको समूह घरमै पुगी काम गरिरहेकी राधालाई लछारपछार गर्दै झन्डै दुई किलोमिटर टाढा रहेको भोलेबाबाको घरमा पुर्याइयो ।’ त्यसपछि सुरु भयो भोलेबाबा र उनकी पार्वतीको ताण्डव लीला ।