फागुन २२,
काठमाडौं । आफुसँग परिचित युवतीले काठमाडौंको बालाजु स्थित ‘फुलबारीमा भेटौं’ भनेपछि उनलाई भेट्न पुगेका कक्षा १० मा अध्ययनरत कुमार सुचिकारको हत्या भएको छ ।
उनको संलग्न ९ जना पक्राउ परेका छन् । बालाजु प्रहरीले हत्यामा संलग्न भन्दै कुमारका ८ जना सहपाठीलाई सार्वजनिक गरेपनि युवतीको नाम–ठेगाना गुपचुप राखेको छ । पक्राउ पर्नेहरुमा तार्केश्वर नगरपालिका ४ का १७ वर्षिय समिर मर्हजन, सोही ठाँउका सुजन मर्हन, आईसिगं तामाग, विशाल पुतुवार, दिनेश नगरकोटी, निर्मल मर्हजन, पेमा गेल्जे शेर्पा र राजन मगर रहेका छन् ।
‘युवती सहित ९ जना पक्राउ परेका छन्, आठ जनालाई कर्तब्यज्यान मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेका छौं’ महानगरीय प्रहरी वृत बालाजुका प्रमुख ९डिएसपी० विश्वराज खड्काले भने, ‘युवतीलाई किन बोलाएको भनेर सोधपुछ गर्दै छौं, अहिले उनको नाम सार्वजनिक नगरौं ।’गएको माघ २७ गते बालाजुस्थित फुलबारीमा अचेत अवस्थामा फेला परेका नुवाकोट सुर्यगढी गाउँपालिका–३ का कुमार सुचिकारको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।
फेसबुकको ग्रुपबाट केही साथीलाई रिमुभ गरेको निहुँमा उनकै साथिहरुले हत्या गरेर फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
राजधानीको गोंगवुस्थित गणेश हिमाल स्कुलमा कक्षा १० मा अध्ययनरत सुचिकारलाई एक परिचित युवतीले फुलबारीमा बोलाएकी थिईन् । परिचिती केटी साथीको निमन्त्रणलाई स्विकार गरेर फुलबारी चोक पुग्दा अन्य परिचित केटा सथिहरु पहिल्यै त्यहाँ पुगेको र उनलाई ईट्टा प्रहार गरेको बताईएको छ । प्रहरीका अनुसार सुचिकारले केही साथिहरुलाई फेसबुक ग्रुपबाट हटाएका थिए ।
प्रहरीका अनुसार सुचीकार लगाएत केही युवाहरुको ‘गुहेश्वरी’ नामको एक फेसबुक ग्रुप बनाएका थिए । उक्त ग्रुपबाट सुचीकारले केही साथीलाई हटाएपछि बदला लिन उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी खड्काले जानकारी दिए । रातोपाटी














