इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश

628

फागुन १०,
काठमाडौं । सर्वोच्च अदालतले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ ।
इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने माग गर्दै भरत बस्नेतले दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिएको हो । अदालतले नेपाली नम्बर राख्न नसकिने केही कारण छ ७ दिन लिखित जवाफसहित आउन भनेको छ । यातायात व्यवस्था विभागले भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको थियो ।