काठमाडौं । फिल्म ‘पञ्चायत आगामी चैत २ गतेदेखि प्रदर्शनमा आउने छ । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा नायिका नीता ढुंगाना र अभिनेता सरोज खनालको मुख्य भूमिका छ । ‘पञ्चायत, जसले त्यो कालखण्डको पत्याउँनै नसकिने इतिहास हेर्न पाओस्, लेखक तथा निर्देशक अधिकारी भन्छन्, सात वर्ष अघि बनेको क्रिप्ट आज आएर पर्दामा उतार्नु चानचुने कुरा होईन । झोलापछि दर्शकले मौलिक फिल्म फिल्म हेर्ने चाहानालाई पञ्चायतले पुरा गर्ने समेत निर्देशक अधिकारीको बताउँछन् । पचास वर्ष अघिको शासन कालको नदेखिएको र नलेखिएको कथा पंचायतमा रहेको प्रस्तुतकर्ता गणेश गिरीको दाबी छ । के छ त त्यस्तो रु ‘त्यो हेर्न चाहिं चैत २ नै पर्खनुपर्ला’, गिरी भन्छन् । तर फिल्मको प्रोमो हेर्दा ‘पञ्चायत’ छाउपडी प्रथा र पहिलो महिनावारी हुँदा महिलाले भोग्नु पर्ने पिडाको कथा रहेको अनुमान लगाउन सकिन्छ । ‘आखिर यो पंचायतले पनि हेरोस् मेरो मृत्युको तमासा’ ट्रेलरको यो सम्वाद कारुणीक छ । शंकर सुवेदीको समेत लगानी रहेको पञ्चायतमा नायक सरोज खनाल, नायिका नीता ढुंगानासँगै रुपा राना, जाहान्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ । फिल्ममा रंग पत्रकार रवि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
फिल्मको प्रोमो यस्तो छ












