यी हुन् माओवादीबाट मन्त्री बन्न चाहाना राख्नेहरु

160

फागुन ९,
काठमाडौं । नेकपा माओवादीबाट नेता रामबहादुर थापा बादलले सरकारमा पार्टीको नेतृत्व गर्ने सम्भावना छ । उनी उपप्रधानमन्त्री हुनेछन् । अर्को मन्त्रालय तय भएको छैन । तर, उनले भने गृह दाबी गरेका छन् । यसअघि अर्थमन्त्री बनिसकेका वर्षमान पुनले यसपटक गृहमा दाबी गरेका छन् । मन्त्रीका अर्का आकांक्षी शक्ति बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरेका छन् । जनार्दन शर्मा पनि गृहमन्त्रीका दाबेदार हुन् । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्वन्ध बनाएका शर्मा र शक्ति बस्नेत दुवैजना प्रदेश ६ को नेता रहेकाले माओवादी अध्यक्ष प्रचण्ड दुई मध्ये कसलाई मन्त्री बनाउने भन्नेमा अप्ठेरोमा छन् । प्रदेश २ बाट मातृका यादव र प्रदेश १ बाट हिमाल किरातीले मन्त्रीमा दावी गरेका छन् । यसअघि सञ्चारमन्त्री समेत बनिसकेका राम कार्कीले पनि मन्त्रीमा दावी गरेपछि प्रदेश १ बाट को मन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । प्रदेश ७ बाट लेखराज भट्टले पनि मन्त्रीमा दावी गरेका छन् । यसैगरी प्रदेश ५ बाट वर्षमान पुन मन्त्री बन्ने पक्कापक्की जस्तै छ । प्रदेश ३ बाट पम्फा भुसालले मन्त्रीको दावी गरेकी छन् । महिला पनि भएकाले पम्फालाई मन्त्री बनाउने सम्भावना रहेको माओवादी स्रोतले बतायो । मोहन वैद्य नेतृत्वको पार्टी छाडेर माओवादी केन्द्रमा आएकी पम्फा हाल माओवादीको प्रवक्ता छिन् । प्रदेश ४ बाट देव गुरुङ र देवेन्द्र पौडेल दुवै मन्त्रीका दावेदार छन् । देवेन्द्र पौडेल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेर माओवादीमा आएका थिए । त्यसको सन्तुलन मिलाउन पनि पौडेललाई मन्त्री बनाउनुपर्ने मत माओवादीका केही नेताहरुको छ । उता गुरुङ पनि बादल समूहबाट आएकाले स्वाभाविक दाबेदार हुन् ।फागुन ९,