प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको पहल आवश्यक

337

फागुन ५,
भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जाल प्राविधिक तथा व्यावसायिक शिक्षाको कक्षा स्नातक तहसम्म संञ्चानल गर्न माग गरेको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय विद्यालयको राष्ट्रिय भेलाले विभिन्न सात बुदाँमा निर्णय गर्दै सरकारीस्तरबाट मुलुकको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता विद्यायलयलाई उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
देशभरका २ सय ८४ बिद्यालयमा संचालित प्राविधिक तथा व्यावसायिक धारको पढाइ हुने विद्यालय संञ्चालनमा छन् ।
जस मध्ये ९ कक्षादेखि १२ कक्षासम्म पढाई हुने करिव एक सय, ९ र १० कक्षा मात्र पढाई हुने एक र ८४ वटा विद्यालय नयाँ रहेका छन् ।
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा, सिभिल इन्जिनियरीङ, बन विज्ञान, पशु विज्ञान, कम्प्युटर विज्ञान लगायतका विषय अध्यापन हुदैं आएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा संञ्चालनमा नीतिगत समस्या भएको भन्दै त्यसतर्फ सरोकार वाला निकायले ध्यान दिनु पर्ने समेत संञ्जालन आग्रह गरेको छ ।
निजि स्तरबाट धेरै नै प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालय खुलेका भएपनि शुल्क महगोँ र एकरुपता नहुनाले न्युन आय स्तर नभएका विद्यार्थी विगतमा यो शिक्षा लिन बञ्चित भएका थिए ।
तर २०७० साल यता सामुदायिक विद्यालयमा ९ कक्षादेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षाका विभिन्न विद्यालय संञ्चालन भएदेखि यस तर्फ विद्यार्थीहरुको रुचि बढ्र्द गएको देखिन्छ ।
संञ्जालको भक्तपुरको पद्म उमाविमा शुक्रबारबाट जारी दुईदिन भेलाले २०७० सालदेखि सामुदायिक विद्यालयमा संञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षालाई स्नातक तहसम्म सहज तरिकाबाट अध्ययन गर्ने वातावरण राज्यले बनाउनु पर्ने माग गरिएको छ ।
सो कार्यक्रमलाई उद्घाटन गर्दै राष्ट्रिदपरिक्षा बोर्डका सदस्यसचिव दुर्गा प्रसाद अर्यालले प्राविधिक शिक्षा जीवनोपयोगी हुनुपर्ने भन्दै हातमा पाउने प्रमाणपत्रले गरिखानसक्ने बनाउनुपर्नेमा बताएका छन् ।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षा बिद्यालय तहमा आएपछि पहुँचमा बृद्धि भएको र यसको गुणस्तर पनि भरपर्दो हुदै आएको बताए ।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका प्राविधिक तथा व्यावसायिक शिक्षा अधिकृत खिलानाथ धमलाले पाठ्यक्रम विकास केन्द्रले, देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम निर्माणको तयारीमा जुटेको जानकारी दिए ।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षामा देखिएको लगावले शिक्षाले फड्को मार्ने निश्चित रहेको बताए ।
सो कार्यक्रममा केन्द्रीय सञ्जालका अध्यक्ष रहेका श्री पद्म उमाविका प्राचार्य राम हाडाका अनुसार शुक्रबारबाट सुरु भएको सम्मेलन शनिबार समापन भएको छ ।