चोरीको नयाँ आयामः काठ चोर्दै, फर्निचर बनाएर बिक्रि

252

माघ ११,
भक्तपुर । गत पुस २२ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोक स्थित फर्निचरबाट काठ चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक सवारी साधनलाई नियन्त्रणमा लियो । बिहान ३ बजेतिरको समयमा सुनसान अवस्था प्रहरीले शंकालागि बा.६ च १५४८ नम्बरको चालक सोनम दोङलाई अनुसन्धन गर्दा निजले काठ चोरी गरेर ल्याएको स्विकार गर्दछ । प्रहरीले अनुसन्धानको क्रममा उक्त काठ सोही स्थानमा रहेको सार्थक काष्ठ उद्योगबाट चोरी भएको पत्ता लगाउछँ । त्यसपछि महानगरीय प्रहरी वृत्त थिमीले अनुसन्धानको गर्दै जादाँ उक्त काठ चोरीमा एक जना मात्र नभएर अन्य ६ जना समेत रहेको जानकारी प्राप्त गर्दछ । त्यसपछि प्रहरीको केहीदिनको विशेष अनुसन्धानमा यो गिरोहमा रहेका सबैजना पक्राउ परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् । काठ चोरीमा सक्रिय गिरोहले मलेशिया, इन्टोनेशिया, चीन, भारत लगायतका मुलुकबाट नेपालमा आयात गरिएका उच्च गुणस्तरका महगों मुल्य पर्ने काठ चोरी गर्ने गरेको खुलासा भएको छ । उनीहरुले चोरी गरेको काठबाट विभिन्न सामाग्री बनाई बिक्रि गर्ने गर्दर्थे । प्रहरी उक्त कार्यमा संग्लन मकवानपुर थाहा नगरपालिका २ सोनम दोङ, मकवानपुर इन्द्रसरोवर गाउँपालिका ५ सुमन स्याङतन, नुवाकोट ककनी गाउँपालिका घर भई हाल काठमाडौं बालाजुमा फर्निचर व्यावसाय गर्दै आएका श्याम गुरुङ्ग पक्राउ गरेको छ । त्यसैगरि नुवाकोट शिवपुरी गाउँपालिका ५ को हरि बहादुर लामा, साही स्थानको राजकुमार भन्ने श्याम बहादुर तामाङ्ग, मवकानवुर थाहा नगरपालिका ५ को सानु भन्ने सना मोत्तान र सोही स्थानको सोमलाल बललाई पक्राउ गरेको छ । यी मध्ये कोही काठ चोरी गर्ने, कोही सामाग्री तयार गर्ने र केही भने तयार भएको सामाग्री बिक्रि गर्न ग्राहक खोज्ने काम गर्ने गरेको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरको अनुसार उनीहरुले भक्तपुरमा चार स्थान र अन्यत्र तीन स्थानबाट चोरी गरेको ३ सय ९३ थान काठ प्रहरीले बरामद गरेको छ । सो काठ काठबाट बनेको ११ थान खापा र खापाको ढोका ४ समेत काठमाडौंको बालाजु पैयुटार र टोखाबाट बरामद गरेको जानकारी दिएको छ । बजार मुल्य अनुसार उक्त काठको मुल्य करिब १२ लाख रुपैंया रहेको प्रहरीको भनाई छ ।