गलत समाचार प्रति राज्यमन्त्री लामाको खण्डन

345

माघ ११,
काठमाडौं । केही दिन अगाडी एउटा अनलाइनमा आएको भ्रामक समाचार प्रति भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदा कुमारी लामाले खण्डन गरेकी छिन् । उनले मिडियामा आएका पछिल्ला खबरका कारण आफू दुखित भएको जनाएकी छिन् । अनलाइन न्यूज पोर्टलमा राज्यमन्त्री लामालाई उदृत गर्दै लुट मच्याइदैछ, मिडियावाला केही लेख्दैनन् शीर्षकमा समाचार प्रकाशन भएको थियो । प्रधानमन्त्री,मन्त्री र सचिवसम्मलाई मुछेर लेखिएको उक्त समाचार कपोकल्पित र झूठा भएको राज्यमन्त्री लामाको भनाई छ ।
आफूले बोल्दै नबोलेका कुरालाई उदृत गर्दै लेखिएको खबर झूठो कपोकल्पित र चरित्र हत्या गर्ने उदेश्यबाट प्रभावित भएको जनाँउदै सो समाचारका कारण आफू दुःखी भएकोले यस्ता भ्रामक समाचारमा विश्वाश नगर्ने राज्यमन्त्री लामाले आफ्ना शुभचिन्तकहरु आग्रह समेत गरेकी छिन् ।