सुख्खा पहिरोले सवारी पुर्दा २ को मृत्यु, आज मुग्लिन नारायणगढ सडक बेलुका पनि नखुल्ने

447

चैत २१,
चितवन । मुग्लिन नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ । अर्का दुई जनाको भने उद्दार गरिएको छ । सोमबार भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिलो खस्दा सडकमा गुडिरहेका सवारी परेका छन् । प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको छ । पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । अहिले उद्दार टोली घटनास्थल पुगिसकेको छ । प्रहरीका अनुसार आज सडक खुल्ने सम्भावना निकै कम छ । यो सडक विस्तारको काम भइरहेको छ । विहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गर्ने गरिएको छ ।