३० थरको सङ्कल्पमा हनुमान धाम बन्ने

491
निर्माणाधिन हनुमान धाम

चैत्र ७,
काठमाण्डौं ।

स्वामी सेवक

काठमाण्डौंको गाखेलमा रहेको भुवनेश्वरी मन्दिर नजिकै ११ मुखे सङ्कट मोचन हनुमानको धाम बनाउन ३० थरका व्यक्तिहरुले सामूहिक सङ्कल्प गरेका छन् । २०६९ साल आश्विन १३ गते हनुमानका सेवकको रुपमा आफूलाई चिनाउँदै आएका स्वमी सेवकले भूमि पूजा गरि श्री भुवनेश्वरी देवि कोटिहोम संरक्षण समितिका पदाधिकारीको समेत उपस्थितिमा सम्पन्न भएको थियो । यस अघि स्वामी सेवकले धाम बनाउने सङ्कल्प सहित हाल निर्माणाधिन अवस्थामा रहेको स्थानमा झण्डा गाडेका थिए । त्यस लगतै विभिन्न संघ संस्था देखि राजनीतिक दल सम्म प्रत्येक व्यक्ति तथा सदस्यबाट १० रुपैयाँका दरले रकम सहयोग गर्न आग्रह गरिएको थियो । तर काही कतैबाट पनि रकम जम्मा नभएको दुखेसो गर्दै सेवक भन्छन् यो देशमा रहेको सङ्कटबाट पार पाउनका लागि एक मात्र उपाय नेपालमा सङ्कटमोचन हनुमान धामको निर्माणनै हो । यस पवित्र कार्यको लागि महायज्ञको आयोजना गरि श्रोत सङ्कलन गर्न लागिएको जानकारी समेत सेवकले दिए ।धाम निर्माणको शुभाराम्भको क्रममा सेवकले वैदिक तथा तान्त्रिक विधिबाट पूजाआजा गरि ५ वस्तु सङ्कलन गरि ४९ वायुलाई निमन्त्रणा गरि आफ्नो शरिरमा ५ वायु मात्र राखेर पूजा सम्पन्न गरेका थिए । त्यसपछि भूतनाथ बाबा र चिदानन्द महाराज गिरिबाट दोस्रो ईट्टा राखिएको थियो । सङ्कल्प गर्ने थरहरुमा भुषाल, शर्मा, श्रेष्ठ, महर्जन, डुम, गिरि, पौडेल, अधिकारी, रेग्मी, केसी, लुईटेल, बुढाथोकी, भण्डारी, ढकाल, अग्रवाल, पारिक, गुप्ता, तामाङ्, विश्वकर्मा, खनाल, रुपाखेति, लोहनी, सापकोटा, घिमिरे, राणा, ज्ञवाली, उप्रेती, कुँवर रहेका छन्।